अमेरिकाबाट नेपाल फर्काइएका चार जना भुटानी शरणार्थीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्दै उनीहरूलाई बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानमा स्थानान्तरण गर्न आदेश दिएको छ। न्यायाधीशद्वय बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। अदालतको आदेशमा भनिएको छ, “निवेदकहरूलाई हालको प्रहरी हिरासतबाट स्थान हद तोकिएको शिविर वा…